Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा पहिलो कोरोना भाइरसविरुद्धको खोपको पेटेन्टलाई स्वीकृति


    सोमबार, भाद्र १ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । चिनियाँ खोप निर्माता कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनलाई कोरोनाभाइरसको खोपलाई पेटेन्ट दर्ताका लागि अनुमति मिलेको चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएकाे छ।

    चीनको बौद्धिक सम्पदा नियामक संस्थाले गत ११ अगस्तमा क्यानसाइनोको खोपको पेटेन्टका लागि अनुमति दिएको पत्रिकामा बताइएको छ । चीनमा कोभिड–१९ को खोपका लागि अनुमति दिएको यो पहिलो अवसर हो । यसलाई वैज्ञानिक उपलब्धिभन्दा पनि व्यावसायिक उपलब्धि मानिएको छ ।

    वल्टर एन्ड एलिजा हल इन्सिटिट्यूट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलेग्रिनीले द गार्जियन पत्रिकासँग कुराकानी गर्दै भनेका छन्, ‘यस पेटेन्टको कारण अब विश्वमा कसैले यसको नक्कल गर्न पाउने छैन । तर क्लिनिकल परीक्षणमा अगाडि बढ्नका लागि पेटेन्ट हुनुपर्ने कुनै अनिवार्य मापदन्ड होइन ।’

    पेलेग्रिनीका अनुसार यस खोपबारे केही हप्ताअघि मेडिकल जर्नल ल्यान्सेन्टमा खबर छापिएको थियो । यो सोही समय हो जब अक्सफोर्ड समूहले आफ्नो खोपबारे जानकारी प्रकाशित गरेको थियो ।

    दुवै खोपमा कोरोनाभाइरस विरुद्ध प्रतिरोधी क्षमता बढाउनका लागि एडेनोभाइरसको प्रयोग गरिएको थियो । साउदी अरबले यही महिना क्यानसाइनोको खोपको तेस्रो चरणको परीक्षणको योजना बनाइरहेको बताइएको छ । उता, क्यानसाइनोले तेस्रो चरणको परीक्षणका लागि रुस, ब्राजिल र चिलीसँग पनि कुराकानी गरिरहेको बताएको थियो ।

    खोपलाई अनुमति पाएको खबरपछि सोमबार क्यानसाइनोको हङकङमा शेयर १४ प्रतिशत र दिउँसो शंघाईमा सेयर ६।६ प्रतिशतले बढेको थियो ।

    बीबीसी हिन्दी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार