काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २७ हजार ३ सय २१ पुगेको छ ।
मन्त्रालयद्वारा नियमित आयोजना गरिने कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १०७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।