काठमाडौं । कोरोना संक्रमणको कारण नेपालमा थप तीन मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनाको मृत्यु भएको जानकारी दिएको छ ।
मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।