Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषधसहित युवक पक्राउ


    सोमबार, भाद्र १ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दार्चुला। लागूऔषधसहित पक्राउ परेका एक युवकलाई दार्चुला प्रहरीले आज सार्वजनिक गरेको छ ।

    आइतबार बेलुकी सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रबाट ठूलो परिणामा लागूऔषधसहित पक्राउ परेका दुहुँ गाउँपालिका­२ स्थायी घर भई हाल महाकाली नगरपालिका­४ तिङ्कर खेडामा बस्दै आएका ३४ वर्षीय गणेशराम भूललाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    बङ्गाबगड लास्कुखोला किनार हुँदै आएका ती युवकले बोकेको बोरा शङ्कास्पद वस्तु रहेको आशङ्कामा प्रहरीले जाँच गर्दा लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

    भूलका साथबाट कोरेक्स २२ सिसी र स्पाश ५३ पत्ता बरामद गरिएको छ । सोधपुछका क्रममा भूलले प्रहरी जवान नरेन्द्र टेरमाथि नै आक्रमण गरेको एवं प्रहरी निरीक्षक जोशीले बताए ।

    भूललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि मुद्धा दर्ताको तयारी भएको छ । यसअघि बन्दाबन्दीका समयमा प्रहरीले दार्चुलामा तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार