विराटनगर । प्रदेश १ मा सोमबार कोरोना भाइरसका ८३ नयाँ संक्रमति थपिएका छन् । थपिएका संक्रमितमा सबैभन्दा बढी मोरङका रहेका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा सात र प्रदेश १ बाहिरका एकजना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मै सबैभन्दा धेरै संक्रमण फैलिइरहेको विराटनगर महानगरपालिकामा नयाँ २९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र १६ पुरुष रहेका छन् ।
अहिलेसम्म प्रदेश १ मा संक्रमितको संख्या २ हजार नाघेको छ । सोमबारसम्ममा प्रदेश १ मा संक्रमित संख्या २ हजार ९२ पुगिसकेको छ । यस्तै अहिलेसम्म १ हजार ९९ जना कोरोना मुक्त भइ डिस्चार्ज भैसकेका छन् ।