Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न


    सोमबार, भाद्र १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सम्पन्न भएको छ । दुई पक्षीय भर्चुअल बैठकमा भारतको सहयोग वा सहकार्यमा सञ्चालन भएका विकास परियोजनाहरुको विषयमा छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

    सन् २०१९ को जुलाईमा भएको सातौँ बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनाहरुको बारमो समीक्षा भएको जनाइएको छ । भूकम्पका कारण प्रभावित भएका गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर बनाउन प्रतिवद्वतामध्ये ४६ हजार ३०१ घर निर्माण गरेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, विराटनगरमा एकीकृत चेकपोस्ट, कोभिड–१९ मा भएको सहयोग लगायतका विषयमा दुवै पक्षले चर्चा गरेको बताइएको छ ।

    विभिन्न परियोजनाको पक्षमा छलफल गरी त्यसलाई कार्यान्वयनका लागि दुवै पक्षले तीब्रता दिने सहमति भएको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । दुबै पक्षले भारत सरकारको सहयोगमा आर्थिक र विकास सहयोग परियोजनाहरु कार्यान्वयनमा भएको प्रगतिको समीक्षा गर्न पर्यवेक्षण संयन्त्रको अर्को बैठकको मिति आपसी सहमतिमा तय गर्नेछ ।

    भर्चुअल बैठकलाई नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी तथा भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका थिए । 
     
    सो बैठकमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभागहरू र एजेन्सीका प्रतिनिधि, भारतीय दूतावासका अधिकारीहरू, परामर्शदाता र कार्यान्वयनमा संलग्न ठेकेदारहरू उपस्थित रहेको बताइएको छ । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार