Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • नेकपा-कांग्रेस सहमति, संवैधानिक निकायमा पदपूर्ति प्रक्रिया अघि बढाउने


    सोमबार, भाद्र १ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएको छ । संवैधानिक निकायमा रिक्त रहेको पदपूर्ति गर्ने विषयमा दुई दलबीच सहमति भएको हो । 

    बालुवाटरमा सोमबार भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकमा सत्तारुढ दलबाट प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए। कांग्रेसका तर्फबाट देउवा र नेता रमेश लेखक सहभागी थिए।

    संवैधानिक निकायमा नियुक्तिका लागि कांग्रेस तयार रहेको देउवाले छलफलमा बताएका थिए । 

    यस्तै छलफलमा सभापति देउवाले बाढी पहिरो समस्या, कोरोना संक्रमण तथा नेविसंघका कार्यकर्ताको पक्राउको विषयसमेत बैठकमा उठाएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार