Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पर्सामा मेयरसहित थप ९८ जनामा कोरोना पुष्टि


    सोमबार, भाद्र १ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्सा । पर्सामा सोमबार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बेलुका आएको रिपोर्टमा पोखरिया नगरपािलकाका ३३ जनामा कोरोना पुष्टि भएको छ।

    यसरी भेटिएका संक्रमितमा पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायणप्रसाद रौनियार, पाँच जना वडा अध्यक्ष र जिल्ला अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट छन् । यस्तै मेयर रौनियारको परिवारका आठ जना र उनका स्वकीय सचिवमा समेत संक्रमण पुष्टि भएको छ।

    त्यसतै पोखरीया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादवसहित अरु तीन जना चिकित्सक र तीन जना स्वास्थ्यकर्मी पनि संक्रमित भएको पर्सा जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।

    त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिकामा ४ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन्।

     गत साउन २६ गते वीरगन्ज– ११ श्रीपुरमा स्वाब संकलन गरिएकामध्ये ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा स्वाब संकलन गरिएकामध्ये २७ जनामा कोरोना पुष्टि भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाका क्वारेन्टाइनमा रहेकाहरुको र पहिलेका संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाको जाँचबाट पनि नयाँ संक्रमित थपिएका हुन। साउनमा मात्र जिल्लामा साढे ११ सय बढी कोरोना संक्रमित थपिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार