Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘मधेसी भाषा’ मा शपथ लिएका सीके राउतको पुत्ला जलाइयो


    शुक्रबार, पुष ८ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ प्रदर्शन भएको हो ।

    राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले नाराबाजी गर्दै राउतको पुतला दहन समेत गरेको बताइन्छ । 

    संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ । राउत मंसिर ४ गतेको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार