काठमाडौं । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् ।
कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी-१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए ।
२०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी लखेटी हत्या गरेको आरोपमा लक्ष्मीमहतो कोइरी अहिले पनि फरार सूचीमा रहेका व्यक्ति हुन्। तर, निर्वाचनको समयमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै एमालेले टिकट दिएर चुनाव जिताएको हो ।
बिहीबार उनले कानुन निर्माण गर्ने थलोमै सांसदका रूपमा शपथ लिएको संसद् सचिवालयले जनाएको छ। त्यस्तै, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकप्रसाद गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएको समयमा उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ । अख्तियारले गुरुङसहित १६ जनाविरुद्ध २०७५ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दा हालसम्म विचाराधीन छ । गुरुङलाई ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागे पनि उनलाई जनताले सांसद बनाएर पठाएका छन्। नेपाल समाचारपत्र दैनिकबाट
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend