Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री नछोड्ने दाउमा प्रचण्ड, मुख्य पदको प्याकेजमै सहमति गर्ने प्रयास


    बिहिबार, पुष ७ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान कायमै राखेका छन् । बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको छलफलमा प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी दोहो¥याएका हुन् ।                                                            

    सो छलफलमा उनले आफूलाई पहिले प्रधानमन्त्री बनाउनुपर्ने माग गरेको बताइन्छ । उनीहरुबीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा प्याकेजमा सहमति गरेर अघि बढ्ने प्रयास भएको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार