Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ज्येष्ठ सदस्यबाट लिए प्रतिनिधिसभा सदस्यले शपथ


    बिहिबार, पुष ७ २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले ज्येष्ठ सदस्यबाट आज पद तथा गोपनीयता शपथ लिएका छन् ।

    नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन् ।

    संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।

    samsad-sapath-3.jpg
    undefined

     

    pashupati-shamsher-rana-1.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार