काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल (प्रचण्ड)र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको छ। आज बिहीबार बिहान खुमलटारमा प्रचण्ड र यादवले भेटघाट गर्दै सत्ता समीकरण र समसामयिक राजनीतिकबारे छलफल भएको बताएका छन्।
भेटमा प्रचण्डले यादवसमक्ष आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ। प्रचण्डले सहयोगको अपेक्षा गरेपछि यादवले पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने आश्वसन दिएका छन्।
पछिल्लो समय आफैं प्रधानमन्त्री बन्ने कसरतमा जुटेका प्रचण्ड सत्ता समीकरण निर्माणको आन्तरिक गृहकार्यलाई तीब्र पारेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न पुस १० (आइतबार)सम्म समयसीमा दिएकी छन्। बहुमत पुर्याउने दलले आइतबार ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६(२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्।
सत्ता समीकरण निर्माणबारे कांग्रेस र एमालेसँग समेत समानान्तर वार्तामा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेका थिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend