Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनिर्वाचित सांसद्हरु आज शपथ ग्रहण गर्न संसद् भवन पुग्दै (तस्बिरहरू)


    बिहिबार, पुष ७ २०७९
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सांसदले आज शपथ ग्रहण गर्दैछन्। सो शपथग्रहणका लागि सांसदहरु संसद भवन पुग्न थालेका छन् । 

    नयाँबानेश्वर स्थित संसद् भवनमा आज दिउँसो १ बजे सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ८० वर्षीय राणालाई हिजो बुधबार नै शपथ खुवाएकी थिइन् ।

    सांसद्हरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भइदिन संसद् सचिवालयले आग्रह गरेको छ ।

    संविधानको धारा ८८ बमोजिम संघीय संसद्‌को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने कानुनी व्यवस्था छ ।

    samsad13_i0siBLaPTD.jpg
    undefined
    samsad8_0KknGSFCRj.jpg
    undefined
    samsad7_l91IC7f6sD.jpg
    undefined
    samsad12_Bcn640pYyd.jpg
    undefined
    samsad10_mBJeSvsg8j.jpg
    undefined
    samsad4_6n3wRlu3cB.jpg
    undefined
    samsad6_KmRE0Pfpi4.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार