Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • नवनिर्वाचित सांसदहरुको शपथ आज 


    बिहिबार, पुष ७ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ खुवाउने भएका हुन्। 

    जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा शपथ ग्रहण गराएकी थिइन्। शपथपछि आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए। 

    उनका अनुसार २६ जना सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् । नेपाली बाहेक उनीहरुले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन बताएका छन् । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संसद सचिवालयले सबै सांसदहरुलाई आग्रह गरेको छ ।               

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार