काठमाडाैं। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने पुष्टी गरेका छन् । प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्ने गरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद् सचिवालयले एजेण्डाहरू अघि बढाउने दाबी गरे।
संसद् भवनमा भोलि १ बजे नवनिर्वाचित सांसदहरूको शपथग्रहण हुने उनले बताए । उनले बानेश्वरको आईसीसी हलमा सांसदहरूको शपथग्रहण ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले गराउने बताए । उनले मातृभाषामा शपथग्रहण गर्न चाहने सांसदहरूले पूर्वसूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए ।
‘आज मात्रै प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएको छ । भोलि १ बजे हामीले सम्पूर्ण प्रतिनिधि सभाका मान्य सदस्यज्युहरूको लागि शपथग्रहण कार्यक्रम बानेश्वरको आईसीसी हलमा आयोजना गरेका छौँ । यसको लागि ज्येष्ठ सदस्यले भोलि १ बजे शपथग्रहण गराउनु हुनेछ । यो बीचमा उहाँहरूले प्रमाणपत्र ल्याएर भेरिफिकेशन गर्ने काम रहन्छ, उहाँहरूलाई हामी लोगो उपलब्ध गराउँछौँ । त्यसपछि उहाँहरू कार्यक्रम सभास्थलमा प्रवेश गर्नुहुन्छ । हामीले शपथ–ग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको व्यहोरासहितको पत्र हामीले उहाँहरूलाई उपलब्ध गराउनेछौँ’, उनले भने, ‘त्यसपछि शपथग्रहणको लागि पूर्व सूचना दिएर मातृ भाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरूले आफ्नो भाषामा ल्याउनुभएको छ । त्यसलाई पनि हामीले समावेश गर्नेछौँ । मान्यज्युहरूले आफ्नो मातृभाषामा पनि शपथग्रहण गर्न सक्नुहुन्छ । सांसदहरूको शपथ ग्रहणपछि मान्य सदस्यहरूले संसदीय गतिविधिहरूमा औपचारिक रुपमा अघि बढ्न सक्नुहुनेछ । राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएको हुनाले त्यहीअनुसार एजेण्डा अघि बढ्छ ।’
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend