काठमाडौँ। बुधवार कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित भएपछि कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीका नाममा बन्द कोठामा गरिने सहमति मान्य नहुने बताएका छन् । त्यसका लागि पार्टीमा पारदर्शी छलफल हुनुपर्ने उनले बताए ।
आज भएको संसदीय दलको निर्वाचनपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले बन्द कोठामा गरिने निर्णय व्यक्तिको हुने र पार्टीले त्यसलाई नबोक्ने दाबी गरेका हुन्।
बुधवार बिहान भएको निर्वाचनमा ६४ मत प्राप्त गरेर सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चुनिएका छन् । गगनले जम्मा २५ मत मात्र प्राप्त गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्ता साझेदारी समझदारी गरेको चर्चाबीच गगनले बन्द कोठामा सहमति गरे मान्य नहुने बताएका हुन् ।
‘सरकारको आलोपालो र राष्ट्रपतिबारे पारदर्शी निर्णय भएन भने त्यो व्यक्तिगत रूपमा दर्ज हुनेछन् । आलोपालो गर्ने समझदारी पार्टीसँग संस्थागत छलफल भएमा बोक्छौं । यसअघि बन्द कोठामा गरेजस्तै भयो भने, कांग्रेसले बोक्दैन । भोलि धोका दियो भन्न मिल्दैन,’ थापाले भने ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend