Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • पाका सांसद जबराको शपथ आज ,अरुको भोली


    बुधबार, पुष ६ २०७९
    745
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधिसभा सदस्य पशुपतिशमशेर जबरालाई आज शपथ ग्रहण गराउने भएकी छन्। राप्रपाबाट समानुपातिक सांसद बनेका जबराले आज दिउँसो शितल निवासमा शपथ ग्रहण गर्ने भएका हुन् ।

    विसं १९९८ मंसिर २४ गते जन्मिएका उनी नवनिर्वाचित सांसदहरुमध्ये सबैभन्दा पाका सांसद हुन् । सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ ग्रहण गराउनुपर्ने हुन्छ । 

    सोही कारण उनले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले बताएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार