Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन


    मंगलबार, पुष ५ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले आज मंगलबार संसदीय दलको नेता चयन गरेको छ। राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

    मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए । 

    उनले दलको उपनेता, प्रमुख सचेतक लगायतको टुंगो भने पछि लगाइने बताए । 

    गत मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिट हात पारेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार