Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • कांग्रेस संसदीय दलको निर्वाचन :  देउवाको समर्थक रामचन्द्र पौडेल


    मंगलबार, पुष ५ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताएका छन्। आज मंगलबार काठमाडौँको सिंहदरबारमा संसदीय दलको नेताको मनोनयनका लागि पुगेका पौडेलले सञ्चारकर्मीसँग उक्त प्रतिक्रिया दिएका हुन्। 

    सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिनका लागि उनी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् ।

    देउवाको समर्थकमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् । उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए । अहिलेको अवस्थामा देउवालाई सर्वसम्मत संसदीय दलको नेतामा चुन्नुपर्ने पौडेलको भनाई छ। 

    डा. शेखर कोइराला समूहले भने महामन्त्री गगनकुमार थापालाई दलको नेताको उम्मेदवार बनाएको छ । ८९ सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत भए पुग्छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार