Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्येष्ठ सांसद जबरालाई बुधबार राष्ट्रपतिको कार्यालयले शपथ खुवाउने 


    मंगलबार, पुष ५ २०७९
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्ने भएका छन्। 

    राष्ट्रपति कार्यालयले नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई भोलि बुधबार शपथ ग्रहण गराउने तयारी गरेको हो। 

    राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार बिहीबार राष्ट्रपति भण्डारी बुटवल जाने कार्यक्रम छ । त्यसकारण बुधबार नै शपथ ग्रहण गराउने तयारी भएको हो । तर, समय तय हुन बाँकी छ । ‘बुधबार शपथ हुन सक्छ, वा बिहीबार बिहानै पनि हुन सक्छ । ठ्याक्कै समय तय भएको छैन’, ढकालले भने ।

    प्रतिनिधिसभामा निर्वाचित भएका २७५ सांसदलाई शपथ ग्रहण गराउनुअघि ज्येष्ठ सदस्य आफैंले शपथ लिनुपर्नेछ । संघीय संसद सचिवालयले सांसदहरुको शपथ कार्यक्रम ७ पुसको दिउँसो १ बजे तय गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार