Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस संसदीय दलको नेता छान्ने चुनाव पुस ६ गते बुधबार 


    सोमबार, पुष ४ २०७९
    705
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेपाली कांग्रेसकाे संसदीय दलको नेता चयनका लागि आउँदो पुस ६ गते चुनाव हुने भएकाे छ। कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको कांग्रेसका एक नेताले बताए। 

    आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

    मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । 

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकले संसदीय दलको चुनावका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।

    संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइराला उम्मेदवार हुने सम्भावना छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार