Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन


    सोमबार, पुष ४ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज पुस ४ गते सोमबार बसेको दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

    पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए ।

    गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ । रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार