Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चलाई संसद् महासचिवको जवाफ: कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुन्छ


    आइतबार, पुष ३ २०७९
    805
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाएका छन् ।

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निलम्बन फुकुवा भएको भनी पत्र लेखेपछि मंसिर २१ मा बसेको सर्वोच्चको फुलकोर्ट बैठकले महासचिव गौतमलाई चारवटा प्रश्नको जवाफ मागेको थियो। त्यसपछि गौतमले निलम्बन निष्प्रभावी भएको भनी पत्र दिनुको कारण आफूले ७ दिनभित्रमा संवैधानिक इजलास समक्ष नै पेश गर्ने जवाफ सर्वोच्चलाई पठाएका थिए। 

    सो विषयमा आज आइतबार संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उक्त प्रतिनिधिसभाको अन्य बिजनेससँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने दावी गरेका छन् । 

    स्रोतका अनुसार उनले विधेयक निष्क्रिय हुने प्रावधानले प्रतिनिधिसभाका अरु बिजनेस र प्रस्ताव पनि अर्को प्रतिनिधिसभा नजाने जिकिर गरेका छन् ।

    सर्वोच्चले २०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन, नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न, महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको हो वा निर्वाचनको मितिले र नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो भनेर चारवटा प्रश्नको जवाफ माग गरेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार