Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै


    आइतबार, पुष ३ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले हालै सम्पन्न निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए ।

    निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि अब नयाँ सरकार गठनको प्रयास छ । कांग्रेसले सरकार गठनका लागि गठबन्धनभित्र शक्ति बाँडफाँट हुनुभन्दा पहिल्यै संसदीय दलको नेता चयन गर्ने तयारी गरेको हो । प्रवक्ता प्रकाशशरण महतले आइतबारको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताए ।

    यसपटक कांग्रेसबाट प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ गरी ८९ सदस्य निर्वाचित भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार