काठमाडौँ। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा गरेर बाँके जिल्लाबाट १३ जना महिलाहरू निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रदेशसभामा एक जना महिला र समानुपातिकबाट १२ जना महिलाले सङ्घीय र प्रदेश सांसद बन्ने अवसर प्राप्त गरेका हुन्।
प्रत्यक्षतर्फ दुवै सदनका लागि जिल्लामा नौ वटा सिट रहे पनि बाँके १ (क) बाट माओवादी केन्द्रका उम्मेदवार कृष्णा केसी नमुना विजयी हुने एक मात्र महिला हुन् । अन्य आठ सिटमा विजयी हुने सबै पुरुष उम्मेदवार रहेका छन् । माओवादीकी केसी यस पटक सोही सिटबाट दोहोरिएकीहुन्।
प्रत्यक्षतर्फबाट एक जना मात्र महिला विजयी भएपछि समानुपातिकबाट विभिन्न दलले १२ जना महिलालाई प्रतिनिधिसभा र प्रदेशसभामा पठाएका छन् ।
समानुपातिकबाट प्रतिनिधिसभामाछनोट हुने उम्मेदवारमा नेपाली काँग्रेसको तर्फबाट आशा विक, नेकपा (एमाले)बाट दीपा शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मी तिवारी रहेकी छन् । यसै गरी लुम्बिनी प्रदेशसभाका लागि विभिन्न दलहरूले निर्वाचित गरेका नौ जना महिला सांसदमा नेपाली काँग्रेसबाट चार जना, एमालेबाट दुई जना, जसपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट एक एक जना रहेका छन्।
बाँके जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट २१ जना सांसदहरू निर्वाचित भएर संसदमा पुगेको स्रोतले जनाएको छ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend