Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने


    शनिबार, पुष २ २०७९
    990
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

    बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुने छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार