Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • एमालेसँग तालमेल गरेको जसपा अब कता लाग्ला ?


    शुक्रबार, पुष १ २०७९
    920
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं। कांग्रेस नेतृत्वको सत्ता गठबन्धन त्यागेर नेकपा एमालेसँग मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको मुखैमा तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने बारे निकै रोचक विषय बनेको छ । 

    सत्ता गठबन्धनमा रहेर सरकामा समेत सामेल बनेको जसपाले चुनावको मुखैमा एमालेसँग तालमेल गरेको थियो । गठबन्धनभित्र सिट बाँडफाँटमा कुरा नमिल्दा एमाले कित्तामा गएको जसपाले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न भने सकेन। जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले  सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ ? भन्ने धेरैकाे चासाेकाे विषय बनेकाे हाे ।

    निर्वाचनको नतिजा सार्वजनिक भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको बताए थिए। एमालेसँग तत्काल केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,’ उनले भनेका थिए, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ-आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’

    आमनिर्वाचनमार्फत् सत्ता गठबन्धनले नै नयाँ सरकार गठनको म्यान्डेट पाएपछि अध्यक्ष यादवको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने आंकलन धेरैको थियो । उक्त आंकलनलाई थप बल पुर्‍याउने अर्को कुरा थियो, अध्यक्ष यादवको हार।

    उनले एमाले गठबन्धनमा सामेल भएर पनि निर्वाचनमा पराजय भोगका थिए। धेरै सिट पाउन एमालेसँग तालमेल गरेका यादव जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित भएपछि एमालेप्रति रुष्ट बनेर सहकार्य तोडेको हुन सक्ने समेत आंकलन  गरिएको छ। 

    तर, जसपाकै अर्का नेता अशाेक राइले आफूहरु एमालेको गठबन्धनमै रहेको बताएपछि नेताहरूबीचमै कुरा बाझियो। पा

    बिहीबार निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आमनिर्वाचनको अन्तिम परिणाम बुझाएको छ। योसँगै सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ। एमालेसँग गठबन्धन तोडेको घोषणा गरेका अध्यक्ष यादवले सत्ता गठबन्धनमा सामेल हुनेबारे ठोस निर्णय गरिसकेका छैनन्। 

    जसपा अहिले पनि एमालेकै गठबन्धनमा हो? भन्ने प्रश्नमा जसपा प्रवक्ता मनिष सुमन हाल आफूहरू कुनै गठबन्धनमा नरहेको बताउँछन्। पार्टीले सहकार्यका लागि सबै बाटोहरू खुला राखेको बताउँदै उनले सरकार वा गठबन्धनमा सहभागी बन्न एजेण्डामा सहमति हुनुपर्ने बताए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार