Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघरमा धर्ना


    शुक्रबार, पुष १ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । हिरासतमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको रिहाइको माग गर्दै उनका समर्थकले आज काठमाडौँको माइतीघरमा मौन धर्ना दिएका छन्। टीकापुर घटनामा दोषी ठहर थारू नेता चौधरी राजबन्दी भएको भन्दै रिहाइको माग गर्दै शुक्रबार नागरिक उन्मुक्ति पार्टीले मौन धर्ना दिएको हो । उनीहरुले सरकारले ल्याएको अध्यादेश कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।

    318684308_2258865914269359_1923061800660227416_n.jpg
    undefined

    २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने, दुई वर्षे नाबालकसहित प्रहरी र सशस्त्र बलका ८ जनाको मृत्यु भएको थियो ।

    उक्त घटनामा ८ जनाको ज्यान गएपछि आन्दोलनका मुख्य योजनाकारको अभियोगमा रेशम चौधरी र उनका सहयोगी आन्दोलनकारीलाई दोषी ठहर गर्दै जेल चलान गरिएको थियो ।

    319881177_2145541122274326_8990570215215248444_n.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार