Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाका सांसदहरुलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध !


    शुक्रबार, पुष १ २०७९
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा  बोल्न प्रतिबन्ध लगाइएको छ।

    सांसद पदको सपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यममा बोल्न पार्टीले प्रतिबन्ध लगाएको हो। 

    अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रष्ट नभएको, नयाँ सरकारमा हुने भूमिका पनि नखुलिसकेको अवस्थामा मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको हो।

    रास्वपाका सभापति रवि लामिछानेले सांसदहरूका पछिल्ला अन्तर्वार्ता कन्ट्रोभर्सी (विवाद) भएपछि नबोल्न निर्देशन दिएका हुन्।

    यस्तै रास्वपाभित्र कस्तो पार्टी बनाउने, विचार के हुने, सिद्धान्त र संगठन कस्तो हुने भन्ने अहिलेसम्म स्पष्ट खुलिसकेको छैन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार