Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुस्लिम र थारु मधेशीको सूचीबाट हटे 


    शुक्रबार, पुष १ २०७९
    855
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । मधेशी आयोगले मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाएको छ । 

    मधेशी आयोगद्वारा गरिएको ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’को उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखिएको थियो । तर,सोही आधारमा मधेशी आयोगले मधेशी समुदायको थर सूचीकरण २०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाएको हो।

    आयोगले ३१ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भएपछि थारु र मुस्लिम समुदायको तर्फबाट विरोध भएको थियो । थारु र मुस्लिम आयोगले नै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए ।

    आयोगका अध्यक्ष डा.दत्तले सरोकारवाला संवैधानिक आयोगहरुले नै ‘हामी मधेसी होइनौं’ भनेपछि मधेशी आयोगले सो निर्णय गरेको बताए।

    यस्तै, मधेशी आयोगकी उपसचिव सबिता डंगोलले थारु र मुस्लिमको विरोधपछि मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जानकारी दिएकी छन् । गत मंसिर २० गतेको बैठकले सूचिकृत समूहबाट मुस्लिम र थारुलाई हटाउने निर्णय गरेको थियो। Madheshi-Commission-Letter-to-PM-Office.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार