Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यपालिका सदस्यलाई मेयर हर्क साम्पाङको चेतावनी- मैले भनेको नमान्नेले राजीनामा दिनू


    शुक्रबार, पुष १ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूले पदबाट राजीनामा दिनुपर्ने चेतवानी दिएका छन्। 

    मेयर साम्पाङले आज पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने भए राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका हुन् । एक महिनादेखि धरानमा कार्यपालिका बैठक बसेको छैन । कार्यपालिका बैठक नियमित रूपमा बस्न नसकेपछि मेयर साम्पाङले यस्तो आक्रोश पोखेका हुन्। 

    बैठकमा बहु साँस्कृतिक पार्क बनाउने विषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङले देवानलाई बाहिर जान भनेका थिए । कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेपछि त्यसपछि बैठक बसेको छैन ।

    मेयर र उपमेयरबाहेक अरु कार्यपालिका सदस्यहरूले बैठकमा रायसमेत राख्नबाट वञ्चित गराएको भन्दै मेयरले माफी माग्नुपर्ने माग राखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार