काठमाडौँ। गत मंसिर ४ गते सम्पन्न भएको आमनिर्वाचनको केही दिन अघि मात्रै निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको छ। सो नतिजा अनुसार नेपाली कांग्रेसले पुस ३ गते आइतबारपछि मात्रै संसदीय दलको नेता छान्ने प्रक्रियाअघि बढाउने भएको छ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट र समानुपातिकतर्फ ३२ गरी नेपाली कांग्रेसले ८९ सिटमा जित निकालेको छ। कांग्रेसले संसदीय दलको नेता कहिले र कसलाई छान्ला भन्नेमा सबैको धेरै चासो छ ।
यसैक्रममा निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाण पत्र दिने भएको छ। समानुपातिक सांसदले निर्वाचित भएको प्रमाण पत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढाइने कांग्रेस स्रोतले जनाएको छ।
संसदीय दलको नेता चयन सहमतिमा गर्ने कि चुनावबाट गर्ने भन्ने बारे टुंगिएको छैन।
कांग्रेसमा २०७४ सालको चुनावपछि पनि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो। यसपालि पनि धेरै सांसदले संसदीय दलको नेता हुने चाहना राखेकोले चुनाव हुन सक्ने देखिएको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पुन: संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन्। देउवा फेरि प्रधानमन्त्री बन्ने तयारीमा जुटेका छन्। तर यता संसदीय दलको नेतामा महामन्त्री गगन थापाले दाबी गरिरहेका छन् भने अर्का नेता डा.शेखर कोइरालाले पनि उम्मेदवारी दिने बताइरहेका छन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend