Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बदर मत २०४८ यताकै बढी


    शुक्रबार, पुष १ २०७९
    710
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ मा बदर मतको प्रतिशत उल्लेख्य बढे पछि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दल मात्रै को निर्वाचन चिह्न हुने गरी मतपत्र तयार पारे पनि आयोगले अपेक्षा गरे अनुसार बदर मत प्रतिशत घटेन ।

    २०४८ यताका निर्वाचनमा २०७९ मङ्सिरको निर्वाचनको बदर मत प्रतिशत सबै भन्दा बढी ५ दशमलव १९ र २०५६ को निर्वाचनमा सबै भन्दा कम २ दशमलव ७५ प्रतिशत रहेको थियो ।

    जिल्लागत आधारमा हेर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा बाँके जिल्लामा करिब १० प्रतिशत मत बदर भएको पाइएको छ । प्रतिनिधि सभाको समानुपातिकमा ७.४७ प्रतिशत मत बदर भएको बाँके जिल्लामा प्रदेशतर्फको समानुपातिकमा ९.४५ प्रतिशत मत बदर भएको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाले भन्नुभयो , “बदर मतको प्रतिशत सो चे भन्दा पृथक नै आयो , कारण खोतल्न सके का छै नौ ।” प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ५.१९ प्रतिशत मत बदर भएका छन् ।

    २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समग्रमा ५.१८ प्रतिशत मत बदर भएको थियो । प्रदेश सभाको प्रत्यक्षतर्फ बदर मत ६.५५ प्रतिशत छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ ४.०७ प्रतिशत मत बदर भएका छन् । गोरखापत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार