Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेश रोक्न षड्यन्त्र भएको भन्दै विप्लवद्वारा आन्दोलनको घोषणा


    बिहिबार, मंसिर २९ २०७९
    940
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले ल्याएको अध्यादेश रोक्न खोजेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएको दाबी गर्दै नेकपा प्रवक्ता खड्कप्रसाद विश्वकर्मा (प्रकाण्ड) ले त्यसविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरिएको बताए । 

    उनले पुष १ गते देशव्यापी रुपमा गाउँदेखि सहरसम्म प्रदर्शन, २ गते कोणसभा, ३ गते सदरमुकाम र मुख्य सहरमा अन्तक्रिया, ४ गते साँझ मसाल जुलुस र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने जानकारी दिए । 

    राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि विप्लवसहित सिके राउत, रेशम चौधरीलगायतले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्न बाटो खुल्ने छ । 

    90.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार