Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आयोगका पदाधिकारी र उपराष्ट्रपति पुनबीच भेटवार्ता 


    बिहिबार, मंसिर २९ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगका पदाधिकारी र  उपराष्ट्रपति नन्दबहादुर पुनबीच बिहीबार दिउँसो भेटवार्ता भएको छ । आमनिर्वाचन ०७९ सम्पन्न भएको अवसरमा आज उक्त भेटघाट भएको आयोगले जनाएको छ ।

    भेटघाटमा उपराष्ट्रपति पुनले निर्वाचन चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा यो निर्वाचन व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न भएको बताए । 

    भेटमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल सहभागी थिए ।  आयोगले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेश गरेको छ । 

    उपराष्ट्रपति पुनले आम निर्वाचन २०७९ ले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको प्रतिष्ठा बढेको बताए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराउँदै निर्वाचनको सारसंक्षेप तथा यसका चुनौतीबारे अवगत गराएका थिए । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार