Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • स्वतन्त्र पार्टीकी सोविता गौतमको चुनाव खर्च ३ लाख ७१ हजार


    बिहिबार, मंसिर २९ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएकी छन् । उनले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी हुन्। 

    उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ ।

    १३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार