Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिलाई बुझायो 


    बिहिबार, मंसिर २९ २०७९
    595
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गते आइतबारका दिन सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

    राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेका हुन्। आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो ।

    सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताउँदै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् । 

    आयोगको अन्तिम परिणामअनुसार अर्थात् यस निर्वाचनबाट प्रतिनिधिसभामा २ सय ७५ र प्रदेशसभामा ५ सय ५० गरी ८ सय २५ जना निर्वाचित भएको आयोगले जनाएको छ । प्रतिनिधिसभामा ३३ दशमलव १० प्रतिशत र प्रदेशसभामा ३६ दशमलव ३६ प्रतिशत महिला सहभागिता भएका छन्। 

    यस्तै, देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिवार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेस गरिने कार्यक्रम रहेको प्रमुख आयुक्त थपलियाले बताए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार