Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोगले समानुपातिकबाट निर्वाचित सांसदहरूलाई पुस ३ मा  प्रमाणपत्र दिने


    बिहिबार, मंसिर २९ २०७९
    585
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले आगामी पुस ३ गते आइतबारका दिन समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणमात्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदलाई आयोगले प्रमाणपत्र दिने छ ।

    यसैक्रममा नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला पनि डाकेको छ । 

    पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको एमाले स्रोतले जानकारी दिएको छ । प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको छ । उक्त भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बुझिएको छ । 

    नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार