Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जापानले आज काँग्रेस नेता पौडेललाई विभूषण दिएर सम्मान गर्ने 


    बिहिबार, मंसिर २९ २०७९
    865
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । जापान सरकारले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण दिएर सम्मान गर्ने भएको छ। काठमाडौँस्थित जापानी दूतावासले आज अपरान्ह ३ बजे पौडेललाई ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषण दिने भएको हो।

    जापानले उक्त विभूषण दिने नेता पौडेलको सचिवालयले पुष्टी गरेको छ । उनलाई जापान-नेपाल सम्बन्धका लागि विभूषण प्रदान गरिने बताइएको छ । 

    विदेशी नागरिकलाई दिइने यो सम्मान जापान सरकारको सर्वोच्च सम्मानमध्ये पर्छ। जापानका सम्राट मेइजिले सन् १८७५ मा सो विभूषणको स्थापना गरेका थिए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार