Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गर्ने


    बुधबार, मंसिर २८ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मानित गर्ने भएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिल २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

    तर, कोभिड महामारीका कारण यस सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले अब बिहीबार नेता पौडेललाई उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने जानकारी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार