Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले ल्याएको अध्यादेश असंवैधानिक : विवेकशील साझा


    मंगलबार, मंसिर २७ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश, २०७९ असंवैधानिक भएको विवेकशील साझा पार्टीले दाबी गरेको छ। 

    साझाले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी सत्ता सोदावाजीका लागि अध्यादेश ल्याउनु असंवैधानिक भएको बताएको हो । 

    काम चलाउ सरकारले सत्ता सौदावाजीको कलुषित मनसाय राखेर दूरगामी असर पार्ने अध्यादेश ल्याउने धृष्टताप्रति गम्भीर आपत्ति रहेको मंगलबार जारी विज्ञप्तिमार्फत उल्लेख छ  ।

    नयाँ सरकार बन्ने प्रक्रियाको मुखैमा सरकारले अध्यादेश ल्याउन खोज्नु नयाँ जनमत र संसद्को समेत अवमूल्यन भएको विवेकशील साझाको ठहर छ ।

    सरकारको यो कदम कानुनी शासनको धज्जी उडाउने र लोकतन्त्रलाई अझ कमजोर बनाउने प्रपञ्च भएको पनि विवेकशील साझाको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार