Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने 


    मंगलबार, मंसिर २७ २०७९
    885
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। मधेसी आयोगले मसिंर २० गतेको बैठकबाट थारु र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ को उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमको सूची हटाउने निर्णय भएको आयोगले जानकारी दिएको छ ।

    यसअघि मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीमा राखेर राष्ट्रपतिलाई सिफारिससहितको प्रतिवेदन बुझाएपछि यसबारे चर्को विरोध भएको थियो । सो निर्णय कार्यान्वयनका लागि आयोगकी उपसचिव सविता डंगोलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छिन् । 

    थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनहरुले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको भन्दै मधेशी क्लस्टरमा आफूहरुलाई नराख्न आयोगमा निवेदन दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार