Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अदालतले दोषी ठहर्‍याएकालाई फेरी माफी दिने प्रयास लोकतन्त्रको उपहास : शेखर कोइराला


    सोमबार, मंसिर २६ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्ता गठबन्धन दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अदालतले दोषी ठह¥याएकालाई पुन: फेरी माफी दिने प्रयास लोकतन्त्रको उपहास हुने बताएका छन् । 

    व्यक्ति हत्या आरोपमा आजीवन कारवासको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रमेश चौधरीसहितलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन तयारी गरेपछि उनले सरकारको उक्त कदमले कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु रहेको बताएका हुन् । 

    ‘अध्यादेश मार्फत कानुन संशोधन गरि अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो,’ उनले भने, ‘आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’

    यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र  गगन थापाले पनि यसको विरोध गरिसकेका छन्।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार