Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • गगन थापा भन्छन्– सरकारले तत्काल नै अध्यादेश फिर्ता लिनुपर्छ


    सोमबार, मंसिर २६ २०७९
    995
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। सत्ता गठबन्धन दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश  तत्काल नै फिर्ता गर्नुपर्ने माग गरेका छन्। 

    यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि यसको विरोध गरिसकेका छन्। हिजो आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरी लगायत विद्रोही नेतालाई छुटाउन मिल्ने गरी अध्यादेश ल्याएको हो।

    आज सोमबार थापाले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् : 

    ‘अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्मविपरीत छ,’ उनले भनेका छन्, ‘अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।’

    अदालतमा विचाराधीन रहेको मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने र राजनीतिक विषय हो भने आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया बढाउन सक्ने उनले बताएका छन्।

    ‘विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ,’ उनले लेखेका छन्, ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ।’ त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन। 

    Screenshot (339).png
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार