Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हुम्लाबाट समानुपातिकतर्फ प्रदेश सभामा ३ जना सिफारिस


    आइतबार, मंसिर २५ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • हुम्ला। कर्णाली प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फ हुम्ला जिल्लाबाट ३ जनाको सिफारिस  भएको छ । तीनै जना ठूला राजनीति दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तर्फबाट तीन जनाको नाम सिफारिस भएको हो। 

    शनिबार निर्वाचन आयोगमा दलले कर्णाली प्रदेश सभा सदस्य समानुपातिकतर्फ दलले बुझाएको अन्तिम नामावलीमा नेपाली कांग्रेसबाट विजया बुढा परेका छन्  । उनी नेपाली कांग्रेस जिल्ला कार्य समितिको सचिव र महाधिवेशन प्रतिनिधि हुन् । 

    नेकपा (एमाले)बाट कलबहादुर हमालको नाम अन्तिम नामावलीमा परेको छ। उनी एमालेको जिल्ला कमिटीको अध्यक्ष हुन्।  

    नेकपा (माओवादी केन्द्र)बाट जुम्कित लामा (जुनेली ) सूचीमा समेटिएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार