Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम


    शनिबार, मंसिर २४ २०७९
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट १४ सांसदको नाम निर्वाचन आयोगमा पेस गरेको छ । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

    यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।

    मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । मुस्लिम महिलातर्फ कल्पना मियाँको नाम पठाइएको छ ।

    यी हुन् माओवादीका समानुपातिक सांसद

    11.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार