Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको सचिवालय बैठक बस्दै, एकनाथ ढकाललाई नबोक्न चौतर्फी दबाब


    शनिबार, मंसिर २४ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तयारी नपुगेको भन्दै शुक्रबार स्थगित भएको नेकपा एमालेको सचिवालय बैठक आज फेरि बोलाइएको छ । पार्टी कार्यालय तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने एमालेको सचिवालय बैठकले समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिने बताइएको छ । 

    समानुपातिकतर्फबाट छनोट हुने सांसद चयनमा एकनाथ ढकालजस्ता विवादित पात्र नबोक्न एमालेका नेता–कार्यकर्ताहरुले सामाजिक संजालमार्फत् खबरदारी गरिरहेका छन् । तर एकनाथको नाम खस आर्यतर्फ दोस्रो नम्बरमा भएकाले जति बिरोध भए पनि उनको नाम कटौतीमा पर्ने संभावना क्षीण छ ।

    एकनाथको नाम काटेर खस आर्य महिलातर्फ  सातौं र आठौं नम्बरमा रहेका दीपा शर्मा दैलेख र सुनिता बराल झापालाई पार्नुपर्ने दबाब पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि परेको एक एमाले केन्द्रीय सदस्यले बताएका छन् । 

    एमालेको खस आर्यतर्फ महिला क्लष्टरमा एक नम्बरमा रहेकी महासचिव शंकर पोखरेलकी बहिनी मेनका पोखरेलदेखि ६ नम्बरमा रहेकी निर्मला कोइरालासम्म पर्नेछन् । दीपा र सुनितालाई पार्नका लागि एकनाथलाई नबोक्न दबाब भए पनि चुनावका क्रममा हेलिकप्टर खर्चको प्रबन्धमदेखि धेरै कारणले एकनाथको नाम काटिने अवस्था नरहेको ती केन्द्रीय सदस्यले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार