Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिके राउतको जनमत पार्टीले समानुपातिक उम्मेदवारको नाम छान्यो 


    शुक्रबार, मंसिर २३ २०७९
    730
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं।  पहिलो आमनिर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम चयन गरेको छ । 

    केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन् ।

    धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीले जनाएको छ ।

    केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको हो । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा कलस्टर छुट्याउँदै सातजनाको नाम टुंगो लगाएको हो । 

    मधेशी महिलाबाट वविता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चंदन सिंह, दलितबाट रंजु कुमारी खंग९खत्वे०, मधेशी महिलामा अनिता कुमारी साह, मधेशी पुरुषमा पार्टीका उपाध्यक्ष बसन्त कुमार कुशवाहा, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातीमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार