Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र राई भन्छन्- माओवादी केन्द्रसँग तत्काल एकता हुँदैन 


    बिहिबार, मंसिर २२ २०७९
    780
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए । 

    ‘माओवादी र नेकपा एससँग मात्रै अहिले तत्कालै एकता हुँदैन,’ राईले भने, ‘वृहत् वामपन्थी एकता हुने अवस्था सिर्जना गरेर मात्रै एकता हुन्छ ।’ उनले तत्कालका लागि एमाले बाहेकको एकता हुने र अन्तिममा एमालेसँग पनि एकता हुनसक्ने बताए ।

    उनले डाक्टर बाबुराम भट्टराईले भनेजस्तो कम्युनिष्टको झण्डा र सिद्धान्त छोडेर वृहत् एकता पनि नहुने बताए । ‘नेपालमा कम्युनिष्टको झण्डा र सिद्धान्त छोडेर पार्टी बनाउन अहिलेलाई गाह्रो हुन्छ,’ राईले भने ।  अर्को प्रसंगमा उनले कम्युनिष्टहरूको जनमत एमालेमै केन्द्रीत भएको देखिएको पनि बताए । ‘मुल रुपमा नेपालमा ठूलो कम्युनिष्ट पार्टी भनेकै एमाले हो भन्ने देखिएपछि आम कम्युनिष्ट मतदाताले एमालेलाई नै पपुलर मत दिए,’ राईले भने, ‘स्वतन्त्र पार्टीहरूलाई आएको मत भने पुराना पार्टीहरूको असन्तुष्टिको मत हो ।’ राईले सत्ता गठबन्धनले अहिले पाएको मतपरिणाम अपेक्षित नभएको पनि बताए । ‘सोचेजस्तो मत आएन,’ उनले भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार